यस वर्ष हाइटीमा भएको हिंसामा एक हजार ४०० भन्दा बढीको मृत्यु : संयुक्त राष्ट्रसंघ

यस वर्ष हाइटीमा भएको हिंसामा एक हजार ४०० भन्दा बढीको मृत्यु : संयुक्त राष्ट्रसंघ

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर २३ गते शुक्रबार १०:००

जेनेभा । यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय...

जेनेभा । यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको हत्या गर्नुका साथै एक हजारभन्दा बढीलाई अपहरण गरेको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर तुर्कले दण्डहीनतालाई सम्बोधन गर्न ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक साहस र जिम्मेवारी’ प्रदर्शन गर्न आह्वान गरे ।

अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हाइटीले गम्भीर राजनीतिक, आर्थिक, सुरक्षा र स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ जसले देशलाई कमजोर बनाएको छ र कानून र व्यवस्थालाई बिगारेको छ । जुलाई २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि गिरोहहरू शक्ति र क्षेत्रीय नियन्त्रणमा अघि बढेका कारण हाइटीको सङ्कटलाई थप बढाएको थियो ।

‘यो ‘बहुआयामिक र लामो सङ्कटलाई नजरअन्दाज गर्न सकिँदैन,’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा तुर्कले भने । उनले भने,‘यो यस्तो देश हो, जहाँ आर्थिक र राजनीतिक सम्भ्रान्तवर्गको सहयोगमा सशस्त्र गिरोहले राजधानीको ६० प्रतिशतभन्दा बढी भाग आफ्नो नियन्त्रणमा राखेका छन् भने देशभर करिब ४७ लाख मानिस भोकमरीको चपेटामा परेका छन् ।’

‘यस वर्षको सुरुदेखि अहिलेसम्म एक हजार ४४८ जनाको हत्या भएको छ, एक हजार १४५ जना घाइते भएका छन् र एक हजार पाँच जना अपहरणमा परेका छन् ।’ उनले भने, ‘यो सङ्ख्या मात्र होइन, सम्पूर्ण पिडित परिवार र समुदाय हिंसाले तहसनहस बनेको छ ।’

गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार प्रमुखको जिम्मेवारी सम्हालेका तुर्कले गिरोहका सदस्यहरूले ‘डर पैदा गर्न र जनसङ्ख्यामाथि नियन्त्रण कायम गर्न यौन हिंसाको प्रयोग गरिरहेको’ आरोप लगाएका छन् । अक्टोबरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा गिरोहहरूले यौन हिंसालाई नागरिकहरूलाई ‘दण्डित गर्न, अधीनमा राख्न र पीडा दिन’ र सहयोगलाई बलजफ्ती गर्ने औजारको रूपमा प्रयोग गर्ने गरेको पाइएको थियो ।

यसमा १० वर्षभन्दा कम उमेरका केटाकेटी र वृद्ध महिलाहरूमाथि हुने सामूहिक बलात्कारको विस्तृत विवरण दिइएको छ । ‘यौन हिंसा एक अतिरिक्त कारक हो जुन जनसङ्ख्याको लागि धेरै डरलाग्दो छ र वास्तवमा यसको सामना गर्न आवश्यक छ,’ तुर्कले भने ।

उनले सङ्कटको मूल कारण, विशेष गरी सामाजिक असमानता, व्याप्त भ्रष्टाचार, शक्तिशाली सम्भ्रान्त वर्ग र गिरोहका नेताहरूबीचको साँठगाँठ र स्थानीय दण्डहीनतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले हाइटीको आर्थिक र राजनीतिक अभिजात वर्गका सदस्यहरूलाई प्रतिबन्ध लगाउने हालैको निर्णयको स्वागत गर्दै तुर्कले भने, ‘यसले हाइटीको शान्ति, सुरक्षा र स्थिरतालाई खतरामा पार्नेहरूलाई धेरै कडा सन्देश दिएको छ ।’ उनले हाइटीबाट भागेका मानिसहरूलाई ‘उचित र प्रभावकारी शरण प्रक्रियामा पहुँच’ सुनिश्चित गर्न देशहरूलाई आग्रह गरे ।

प्रकाशित मिति २०७९ मङ्सिर २३ गते शुक्रबार १०:००
हजुरको प्रतिक्रिया