काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८० माघ १८ गते बिहिबार १०:३७