नेपाली र अमेरिकी सेनाको संयुक्त चितवनमा अभ्यास हुने

नेपाली र अमेरिकी सेनाको संयुक्त चितवनमा अभ्यास हुने

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १८ गते शनिवार ११:१८

काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डीआरईई-२०२३) सञ्चालन हुने भएको छ ।   यही कात्तिक २० देखि २४ गतेसम्म संयुक्त...

काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डीआरईई-२०२३) सञ्चालन हुने भएको छ ।

 

यही कात्तिक २० देखि २४ गतेसम्म संयुक्त अभ्यास सञ्चालन हुन लागेको हो । तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसगँको शैक्षिक छलफल र टेबल कार्य काठमाडौंमा तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट २१० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्याण्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी २७० जनाको सहभागिता रहनेछ।

 

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ ।

प्रकाशित मिति २०८० कार्तिक १८ गते शनिवार ११:१८
हजुरको प्रतिक्रिया