सिक्लेसमा आजदेखि सिनेमा संवाद

सिक्लेसमा आजदेखि सिनेमा संवाद

Nepal Edit

@Nepaledit.com

२०८० माघ ७ गते आईतबार १०:३७

काठमाडौं । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ ।   चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि...

काठमाडौं । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ ।

 

चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि गर्नुपर्ने काममाथि छलफल हुन्छ ।

 

छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्री दिपाश्री निरौला र निर्देशक आकाश अधिकारीले प्रकाश सुवेदीसँग बहस गर्नेछन् । अर्को संवाद नेपाली सिनेमाको स्वादबारे हुनेछ । दिया मास्के, अनुप बराल र मनोज पण्डित सेसनमा रहनेछन्, त्यसको सहजीकरण सुरज सुवेदीले गर्छन् ।

यस्तै, सिनेमा अनुभवबारे भुवन केसी र गौरी मल्लले आफ्ना विचार राख्नेछन् । सन्जोग बस्यालले उक्त सेसनलाई सहजीकरण गर्ने आयोजक चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति २०८० माघ ७ गते आईतबार १०:३७
हजुरको प्रतिक्रिया