प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

प्रेमी अरविन्द्रसँग आज विवाह गर्दै नन्दिता

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण १९ गते शनिवार ११:०७

काठमाडौं । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।   विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित...

काठमाडौं । अभिनेत्री नन्दिता केसी आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । शनिबार एक समारोहकाबीच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

 

विवाह अगाडि बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रङ्ग पत्रकारको उपस्थिति थियो ।

 

नन्दिताले केही अगाडि प्रेमी अरविन्द्रसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् ।

 

यी दुईबीच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् । नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौंआएका छन् ।

प्रकाशित मिति २०८० फाल्गुण १९ गते शनिवार ११:०७
हजुरको प्रतिक्रिया