मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीन पक्राउ

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीन पक्राउ

Nepal Edit

@Nepaledit.com

२०८० चैत २२ गते बिहिबार ०९:३५

काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।   प्रहरीले गएराति काठमाडौंको थापागाउँबाट गायक राईसहित तीन जनालाई पक्राउ गरेकाे हाे । उनीहरूलाई अहिले प्रहरी वृत्त...

काठमाडौं । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।

 

प्रहरीले गएराति काठमाडौंको थापागाउँबाट गायक राईसहित तीन जनालाई पक्राउ गरेकाे हाे । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ ।

 

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत २२ गते बिहिबार ०९:३५
हजुरको प्रतिक्रिया