काठमाडौं । लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक भएको छ । गीतको भिडियोमा भने मोडल एलिसा राई र कृश गुरुङको अभिनय छ ।
गीतकार विमला तुलाचनको शब्द तथा शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको गतिमा विषम...
काठमाडौं । लोकप्रिय गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक भएको छ । गीतको भिडियोमा भने मोडल एलिसा राई र कृश गुरुङको अभिनय छ ।
गीतकार विमला तुलाचनको शब्द तथा शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको गतिमा विषम आचार्यको एरेन्ज छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
मानकृष्ण महर्जनको छायाङ्कन, बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंगसंयोजन छ । गति गायक शिव परियारको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो ।