डा.भामा र माण्डवीको ‘आदत’ मा प्रियाना र सञ्जिवको रोमान्स

डा.भामा र माण्डवीको ‘आदत’ मा प्रियाना र सञ्जिवको रोमान्स

Nepal Edit

@Nepaledit.com

२०८० पुस २८ गते शनिवार १२:३४

काठमाडौं । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।   रोमान्टिक शैलीमा तयार गीतमा प्रेमिकाले आफ्नो जीवनमा...

काठमाडौं । लोकप्रिय गायिका माण्डवी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ ।

 

रोमान्टिक शैलीमा तयार गीतमा प्रेमिकाले आफ्नो जीवनमा प्रेमीको आदत परेको कुरा ब्यक्त छ । प्रेमिकाले आफ्ना लागि प्रेमिकोसाथ अपरिहार्य रहेको समेत बताएकी छन् ।

 

गीतको भिडियो फिल्मी शैलीमा तयार गरिएको छ । भिडियोमा हास्य सिरियल ‘सक्किगोनी’ को कलाकार प्रियाना आचार्य मुन्नी’, सञ्जिव तामाङ, गीतकार डा.भामा देवकोटा शर्मा, डा.प्रमोद शर्मा, श्यामा देवकोटाको अभिनय छ ।

 

डा.प्रमोद शर्मा निर्माता रहेको भिडियोमा प्रेमी प्रेमिकाको रोमान्टिक प्रेमकथा देखाइएको छ । सञ्जिव तामाङको कोरियोग्राफी, विजय रुम्बा लामाको छायांकन तथा सम्पादन रहेको भिडियो संगीतकार विपिन आचार्यले नै निर्देशन गरेका हुन् ।

 

गीत अमेरिकामा रहेर नेपाली गीत संगीत, साहित्य र संस्कृतिलाई माया गर्ने जोडी डा.भामा देवकोटा शर्मा र डा.प्रमोद शर्माको आधिकारिक युट्युव च्यानल प्रभामा क्रियसनबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति २०८० पुस २८ गते शनिवार १२:३४
हजुरको प्रतिक्रिया