काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले बुधबार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिको रकम दोब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए ।
पहिलो संस्करणको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको थियो । यस्तै उपविजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । यस्तै प्रतियोगिताको शीर्ष गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलकिपर र प्रतियोगिताको उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रकाशित मिति २०८० पुस १२ गते बिहिबार ११:२०