सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Edit

@Nepaledit.com

२०८२ मङ्सिर २६ गते बिहिबार ११:०५

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० रूपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ रूपैयाँ निर्धारण भएको...

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० रूपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ रूपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रूपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिद-बिक्री भइरहेको छ ।

प्रकाशित मिति २०८२ मङ्सिर २६ गते बिहिबार ११:०५
हजुरको प्रतिक्रिया