फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ को टिजर सार्वजनिक

फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ को टिजर सार्वजनिक

Nepal Edit

@Nepaledit.com

२०८० भदौ ५ गते मङ्गलबार ०८:२०

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई प्रस्तुत गरिएको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका...

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई प्रस्तुत गरिएको छ । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ मा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरूलाई अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भूमिकामा देखिने छन् ।

फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मका निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको छ । आगामी बडा दसैँको फूलपातीबाट फिल्म प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति २०८० भदौ ५ गते मङ्गलबार ०८:२०
हजुरको प्रतिक्रिया