बंगलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

बंगलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

Nepal Edit

@Nepaledit.com

२०८० पुस २३ गते सोमबार १०:३१

काठमाडौं । बंगलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छन् । विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जितेकी हुन् ।   तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच...

काठमाडौं । बंगलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छन् । विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जितेकी हुन् ।

 

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने भएकी बीबीसीले जनाएको छ ।

 

हिजो प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

 

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

 

बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जितेकी हुन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो ।

प्रकाशित मिति २०८० पुस २३ गते सोमबार १०:३१
हजुरको प्रतिक्रिया