काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीमा जाने भएका छन् ।
पेरिस सेन्ट जर्मेइन (पीएसजी) क्लबबाट बाहिरिएपछि मेस्सीले साउदी अरेबियाको अल-हिलालबाट आएको थप आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिक क्लबसँग सम्झौता गर्ने खबर बीबीसीले लेखेको छ ।
विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध भएका हुन् । उनको अमेरिका स्थानान्तरणका पछि विभिन्न प्रायोजक कम्पनीहरुको हात रहेको बताइएको छ। पीएसजीसागको सम्झौता सकिएपछि उनी पुन: बार्सिलोना फर्कने हल्लासमेत थियो ।
यस्तै, साउदी अरेबियाको लिगमा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टेसहितका खेलाडी आबद्ध भएपछि मेस्सीको समेत साउदी स्थानान्तरणको अनुमान थियो ।
प्रकाशित मिति २०८० जेठ २५ गते बिहिबार ०५:२२