दक्षिण अफ्रिकामा कार दुर्घटनामा ६ जनाको मृ’त्यु, ४ घाइते

दक्षिण अफ्रिकामा कार दुर्घटनामा ६ जनाको मृ’त्यु, ४ घाइते

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ४ गते सोमबार ०७:०६

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा ६ जनाको मृ’त्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । लिम्पोपो यातायात विभागले ब्यारियर लाइनलाई...

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा ६ जनाको मृ’त्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

लिम्पोपो यातायात विभागले ब्यारियर लाइनलाई ओभरटेक गरेर लाइट डिलिवरी गाडीसँग ठक्कर दिँदा चार महिला र दुई पुरुषको घटनास्थलमा मृ’त्यु भएको छ भने अन्य चार घाइते भएका छन्।

लिम्पोपोको यातायात र सामुदायिक सुरक्षाको लागि कार्यकारी परिषद् फ्लोरेन्स राडजिलानीले भनेका छन्- यो दर्घटनाबाट हाम्रो सडक रक्तपातपूर्ण भएको छ। यो अत्यन्तै पीडादायी तर सबै सडक प्रयोगकर्ताहरूलाई सधैं सडकको नियमहरू पालना गर्ने आह्वान गर्ने समय पनि हो ।

घटनास्थलमा कानून प्रवर्तन अधिकारीहरूले दुर्घटनाको सम्भावित कारणको रूपमा असावधानीपूर्वक सवारी चलाउने पनि प्रमुख रहेको बताएका छन् ।

प्रकाशित मिति २०७९ पुस ४ गते सोमबार ०७:०६
हजुरको प्रतिक्रिया