घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृ’त्यु, ३ बेपत्ता

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृ’त्यु, ३ बेपत्ता

Nepal Edit

@Nepaledit.com

२०७९ पुस ३ गते आईतबार ०८:४७

  मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृ’त्यु भएको छ । गलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् । प्रारम्भिक...

 

मनिला । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृ’त्यु भएको छ । गलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन ब्रियोनेसले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार सो घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ । उनकाअनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन्। आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।

आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । गलागी के कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०७९ पुस ३ गते आईतबार ०८:४७
हजुरको प्रतिक्रिया