सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर २५ गते आईतबार ११:४५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको...

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर २५ गते आईतबार ११:४५
हजुरको प्रतिक्रिया