काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ । सुकुम्वासी प्रतिरोधमा रहेका बेला महानगरको कदमविरुद्ध बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मेयर बालेन्द्र साह (बालेन)ले जवाफ फर्काएका छन्, ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’
यसले जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ ।
प्रकाशित मिति २०७९ मङ्सिर १४ गते बुधबार ११:०९