‘नागरिकको जीवनस्तर सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा हुन्छ’

‘नागरिकको जीवनस्तर सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा हुन्छ’

Nepal Edit

@Nepaledit.com

२०८० फाल्गुण १४ गते सोमबार ०८:४६

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने बताएका छन् ।   प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकको जीवनस्तरमा सुधार हुनेगरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने बताएका छन् ।

 

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै उनले आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थामा रहेका नेपाली नागरिकको जीवनस्तर सुधार हुनेगरी बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता महशुस गरेको बताएका हुन् ।

 

उनले मुलुकको अर्थतन्त्रलाई विश्व अर्थतन्त्र गतिसँगै अघि बढाउने लक्ष्य आगामी आर्थिक वर्षको बजेटमा हुने बताए । उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सृजनामार्फत गरिबी न्यूनीकरण गर्ने, आर्थिक असमानता कम गर्दै वित्तीय स्थायित्व कायम गर्न अर्थतन्त्रलाई दिशा निर्देश गर्नु अपरिहार्य ठानेको उनले बताए ।

प्रकाशित मिति २०८० फाल्गुण १४ गते सोमबार ०८:४६
हजुरको प्रतिक्रिया