सातामा १५ सयले बढ्यो सुनको मूल्य

सातामा १५ सयले बढ्यो सुनको मूल्य

Nepal Edit

@Nepaledit.com

२०८० माघ २० गते शनिवार १२:१९

काठमाडौं । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १ हजार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।   गत साताको शुक्रबार छापावाल...

काठमाडौं । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १ हजार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

 

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार पाँच सय रुपैयाँ बढेको महासंघले जानएकाे छ ।

 

महासंघका अनुसार साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता भने निरन्तररुपमा बढेको थियो ।

 

यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको जनाइएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

प्रकाशित मिति २०८० माघ २० गते शनिवार १२:१९
हजुरको प्रतिक्रिया