काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४५ रुपैयाँ २२ पैयाँ र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।
प्रकाशित मिति २०८० पुस १९ गते बिहिबार ०९:२७