आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल

आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल

Nepal Edit

@Nepaledit.com

२०८० कार्तिक १८ गते शनिवार १०:४०

काठमाडौं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।   बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा न्यूजिल्याण्ड ७ खेलमा...

काठमाडौं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।

 

बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा न्यूजिल्याण्ड ७ खेलमा ८ अंक जोडर चौथो स्थानमा छ भने पाकिस्तान समान खेलमा ६ अंक जोडेर छैटौँ स्थानमा छ ।

 

यी दुवै टोली आजको खेल जित्दै सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा छन् । न्यूजिल्याण्ड र पाकिस्तानबीच भएका पछिल्ला ५ एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले एक र पाकिस्तानले चार खेल जितेका छन् । यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन् ।

 

अष्ट्रेलिया ६ खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने इङ्ल्याण्ड समान खेलबाट दुई अंकसहित अन्तिम स्थानमा छ । अष्ट्रेलिया आजको खेलमा जित निकालेर शीर्ष चारमै सुरक्षित रहन चाहन्छ ।

प्रकाशित मिति २०८० कार्तिक १८ गते शनिवार १०:४०
हजुरको प्रतिक्रिया