नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

Nepal Edit

@Nepaledit.com

२०८० जेठ २३ गते मङ्गलबार ०६:४३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको छ । आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको छ ।

आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिद-बिक्री हुँदा एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय ३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ५६ दशमलव ९४ अङ्कले बढेको छ ।

बैंकिङ समूह एक दशमलव ८०, विकास बैंङ २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी शून्य दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह तीन दशमलव ९५ अङ्कले बढेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८५ प्रतिशतले बढेको छ ।  सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को शेयर मूल्य तीन दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको नौ करोड ६८ लाख ७२ हजार चार सय ३३ बराबरको दुई लाख ८४ हजार नौ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति २०८० जेठ २३ गते मङ्गलबार ०६:४३
हजुरको प्रतिक्रिया