सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nepal Edit

@Nepaledit.com

२०७९ माघ १० गते मङ्गलबार ०३:५९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको...

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ १० गते मङ्गलबार ०३:५९
हजुरको प्रतिक्रिया