सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Nepal Edit

@Nepaledit.com

२०७९ माघ ४ गते बुधबार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको...

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबारचाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ ४ गते बुधबार ११:२२
हजुरको प्रतिक्रिया