सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Nepal Edit

@Nepaledit.com

२०७९ माघ ३ गते मङ्गलबार ११:२८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी...

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ ३ गते मङ्गलबार ११:२८
हजुरको प्रतिक्रिया