तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा’ सार्वजनिक

तुलसी सिवाकोटीको नयाँ गीत ‘काठमाडौंमा’ सार्वजनिक

Nepal Edit

@Nepaledit.com

२०८० चैत २२ गते बिहिबार ०९:४७

काठमाडौं । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौंमा’ ल्याएका छन् । गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् ।   विशेषत सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवन शैलीलाई नियाल्न...

काठमाडौं । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौंमा’ ल्याएका छन् । गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् ।

 

विशेषत सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवन शैलीलाई नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ ।

 

गायक सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको भिडियो गायक सिवाकोटीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

उत्तम हुमागाईंको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति २०८० चैत २२ गते बिहिबार ०९:४७
हजुरको प्रतिक्रिया