प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’मा उषा र एलपी

प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’मा उषा र एलपी

Nepal Edit

@Nepaledit.com

२०८० माघ १७ गते बुधबार १०:५६

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।   गीतको भिडियोमा भने स्वार्थ केन्द्रित प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि...

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

 

गीतको भिडियोमा भने स्वार्थ केन्द्रित प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाडलाई देखाइएको छ । भिडियोका निर्देशक गौरव गिरी हुन् ।

 

भिडियोमा एलपी शर्मा र उषा उप्रेती प्रेम जोडीको रूपमा देखिएका छन् भने दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको पनि अभिनय छ ।

 

गौरव गिरी र एलपी शर्माको शब्द, रोहित देउवाको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ । वसन्त कुँवरले छायाङ्कन रहेको भिडियो कालिन्चोक आसपासका रमणीय स्थानमा छायाङ्कन भएको छ ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार १०:५६
हजुरको प्रतिक्रिया