काठमाडौं । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ ।
एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक...
काठमाडौं । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ ।
एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई गीतमा शब्द मार्फत उतारिएको छ। गीतको भाव अनुसारकै सङ्गीत छ ।
गीत निकै सरल छ। त्यसो त, गीतको भिडियो पनि निकै सरल छ । कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ। भिडियोमा गायिका स्वयं फिचर्ड छिन् । भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन् ।