जननिर्वाचित प्रतिनिधिमाथि एनआरएनए कार्यकारी निर्देशकको अमर्यादीत टिप्पणी

जननिर्वाचित प्रतिनिधिमाथि  एनआरएनए कार्यकारी निर्देशकको अमर्यादीत टिप्पणी

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर १८ गते आईतबार ०७:५८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अर्थात विदेशमा रहेका करिब ८० लाख नेपालीहरुको साझा संस्था । यो संस्थालाई नेपाल सरकारको सहयोगी संस्थाको रुपमा पनि हेरिन्छ । एनआरएनएले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ नेपाल सरकार, संसद...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अर्थात विदेशमा रहेका करिब ८० लाख नेपालीहरुको साझा संस्था । यो संस्थालाई नेपाल सरकारको सहयोगी संस्थाको रुपमा पनि हेरिन्छ । एनआरएनएले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ नेपाल सरकार, संसद र संवैधानिक निकायहरुसंग सहकार्यमा काम गर्छ ।

विदेशमा रहेका नेपालीहरुको मुख्य माग रहेको दोहोरो नागरिकताको मुद्धा अहिले संसदमा विचाराधिन छ । आगामी दिनमा सो विषयलाई नवनिर्वाचित सांसदहरुले टुंग्लो लगाउने बताइरदा संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कार्यरत कार्यकारी निर्देशक रवि किरण अधिकारीले नवनिर्वाचित पदाधिकारीहरुलाई भाइरसको संज्ञा दिएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत संसदमा भाइरसहरु छिरेको र ५ वर्षभित्र ९० प्रतिशत भाइरस प्रभावित हुने भन्दै जनप्रतिनिधिहरुमाथि प्रहार गरेका छन् । उनै अधिकारीले फेसबुक मार्फतनै तीनै सांसदहरुलाई राजनैतिक र आर्थिक अधिकार सहितको दोहोरो नागरिकताको आवश्यकता थप पुष्टी भएको भनेका छन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार अधिकारीलाई संघकी कार्यकारी अध्यक्ष रविना थापाले अधिकारीलाई मर्यादामा रहन भन्दै यसअघिनै पत्र थमाएकी थिइन् । स्रोतले भन्यो उनी सुरु देखीनै विवादमा छन् । साढे तिन लाख भन्दा कम तलबमा काम गर्दिन भन्दै अन्तरवार्ता दिएका थिए । अहिले डेढ लाख तलव घटाएर दिदा पनि बसी रहेका थिए । अहिले उनको गतिविधिलाई नियाल्ने काम मात्र भएको छ ।

यसअघि अधिकारीले अध्यक्ष रविना थापालाई चुनौती दिदै उनको निर्देशन नमान्ने ओठे जवाफ दिए पछि विवादमा तानिएका थिए । संघको केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार उनले संघको कार्यालय भवनमा छुट्टै आफ्नो कोठा बनाएर एनजीओ र आएनजीको काम गर्दै आएका छन् । स्रोतले भन्यो पहिलाका सिइओहरु यतैसंगै बसेर काम गर्थे सबै पारदर्शि थियो तर अहिले उहाँ गोप्य रुममा बस्नु हुन्छ भित्र के काम भैरहेको छ हामीलाई थाहा हुदैन् ।

उनले कार्यालयभित्र एक विवादस्पद कर्मचारीको सहयोगमा छुट्टै गुट चलाएका छन् । अधिकारी कार्यालय समयमा अधिकांस सामाजिक संचालमा सकृय देखिन्छन् । उनी अहिले कांग्रेस नेता गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेका छन् । गत अगष्ट महिना देखि संघको केन्द्रीय कार्यालयको बागडोर समालेका अधिकारीले अधिकांस समय घुमफिरमा बिताउने गरेका छन् । उनले संघकी अध्यक्ष रविना थापाका बिरुद्ध पदाधिकारीहरु समक्ष उजुरी दर्ता गरे पछि थप विवादमा छन् ।

प्रकाशित मिति २०७९ मङ्सिर १८ गते आईतबार ०७:५८
हजुरको प्रतिक्रिया
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
२०८२ मङ्सिर ३० गते सोमबार ११:०५

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५५

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५०