वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर १४ गते बुधबार ०७:५१

मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री...

मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले उहाँलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गरे।

विश्वविख्यात रोयटर्स, बिबिसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गर्नुभएका अधिकारीले पत्रकारिता विधामा रही पु¥याउनुभएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो ।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई स्रष्टा सम्मान गरियो । अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पुर्‍याएको योगदानको कदरस्वरुप उहाँलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्वप्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्यय, सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहलगायत महानुभावको व्यक्तित्व र योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरियो ।

यो अवसरमा प्रा डा पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरु विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताए । पूर्वन्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफनोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गरे ।

सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र साहित्यकार गिरी तथा ज्ञानगुन प्रकाशनका संस्थापक शेषराज सिवाकोटीले आ-आफ्नो क्षेत्रबाट देश र समाजका लागि पुर्‍याएको योगदानबारे भाषाविद् एवं समालोचक शरदच्चन्द्र वस्ती, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार रोचक घिमिरे, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले प्रकाश पारे । ज्ञानगुन प्रकाशनले समाजका समाजका विभिन्न क्षेत्रमा रही राष्ट्र र जनताको कल्याणका खातिर काम गर्ने व्यक्तिको योगदानबारेमा पुस्तक प्रकाशित गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर १४ गते बुधबार ०७:५१
हजुरको प्रतिक्रिया
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
२०८२ मङ्सिर ३० गते सोमबार ११:०५

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५५

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै
२०८२ मङ्सिर २६ गते बिहिबार १०:५०