काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार २.४१ अंकले बढेर २ हजार ७३० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १.२३ अंकले बढेर चार सय ५९.६१ अंकमा चढेको छ ।
३१९ पटकको कारोबारमा एक लाख ११ हजार ९१८ पटकको कारोबारमा दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५३८ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाएपनि बाँकी समुहहरुले भने कमाएका छन् । सो मध्ये आज बाँणिज्य बैंक समूहको सूचक ७.४२ अंकले बढेर १ हजार ३७०.४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समूहको सूचक १०८.८४ अंकले बढेर १३ हजार २३१.६८ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक बढेका छन् । बिकास बैंक समुहको सुचक भने २३.७६ अंकले घटेर छ हजार २५.५० अंकमा झरेको छ भने जलबिद्युत समूहको सूचक १८.८१ अंकले घटेर तीन हजार ८३०.४२ अंकमा झरेको छ ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०३:५८