सभापति रवि लामिछानेलाई रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा

सभापति रवि लामिछानेलाई रुपन्देही लगिँदै, सुरक्षा व्यवस्था कडा

Nepal Edit

@Nepaledit.com

२०८१ कार्तिक २७ गते मङ्गलबार ११:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ ।   सभापति लामिछानेलाई आज पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो । जिल्ला अदालत भैरहवा रुपन्देहीबाट बयान सकेर पोखरा...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिँदैछ ।

 

सभापति लामिछानेलाई आज पोखराबाट हवाई उडानमार्फत भैरहवा लैजान लागिएको हो । जिल्ला अदालत भैरहवा रुपन्देहीबाट बयान सकेर पोखरा फर्काउने तयारी छ ।

 

सहकारी ठगी र सङ्गठित अपराध कसूरमा गएको दुई गते पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत छन् । उनलाई थप १३ दिन हिरासतमा राख्न अस्ति जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

 

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

 

रुपन्देही जिल्ला अदालत भैरहवाले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा लगेर खर्च गरेको कसूरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न गएको कात्तिक ८ गते अनुमति दिएको थियो ।

 

रास्वपाका कार्यकर्ताले भैरहवामा प्रदर्शनको तयारीसमेत गरेका छन् । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति २०८१ कार्तिक २७ गते मङ्गलबार ११:१०
हजुरको प्रतिक्रिया