काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको महासघंले जनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी मूल्य तोलामा १ हजार ९८० रुपैयाँ पुगेको छ ।
बिहीबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ थियो ।
प्रकाशित मिति २०८१ कार्तिक २३ गते शुक्रबार ११:०३