यू-१९ महिला टी-२० विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि १८ खेलाडी बोलाइए

यू-१९ महिला टी-२० विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि १८ खेलाडी बोलाइए

Nepal Edit

@Nepaledit.com

२०८१ असोज २८ गते सोमबार १२:५७

काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप क्रिकेट एशिया क्वालिफायरको तयारीका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।   नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो । तेस्रो चरणको बन्द प्रशिक्षण...

काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप क्रिकेट एशिया क्वालिफायरको तयारीका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो । तेस्रो चरणको बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने क्यानले जनाएको छ ।

 

छनौट भएका खेलाडीमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी रहेका छन् । छनोट भएका अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति २०८१ असोज २८ गते सोमबार १२:५७
हजुरको प्रतिक्रिया