काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २२.३६ अंकले घटेकाे छ । आज नेप्से २२.३६ अंकले घटेर दुई हजार ४६४.४० बिन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक खरिद-बिक्री हुँदा ४अर्ब ५ करोड ६ लाख ५८ हजारमा काराेबार भएकाे छ ।
आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह २.९७ र जलविद्युत् समूह २.३६ प्रतिशले घटेको छ ।
प्रकाशित मिति २०८१ असोज १३ गते आईतबार ०५:२८