९४.४६अंकले बढ्याे नेप्से

९४.४६अंकले बढ्याे नेप्से

Nepal Edit

@Nepaledit.com

२०८१ साउन २७ गते आईतबार ०३:२६

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ९४.४६ अंकले बढेको छ । आज नेप्से ९४.४६अंकले बढेर २८६० बिन्दुमा रोकिएको हो ।   आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो...

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ९४.४६ अंकले बढेको छ । आज नेप्से ९४.४६अंकले बढेर २८६० बिन्दुमा रोकिएको हो ।

 

आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ ।

 

नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे छ ।

 

निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढेकाे हाे । कुथेली बुकरी स्मल हाइड्रो पावरको मूल्य १० प्रतिशत घटेकाे छ । युनिलिभर नेपालको ३.८५ प्रतिशत घटेकाे छ ।

प्रकाशित मिति २०८१ साउन २७ गते आईतबार ०३:२६
हजुरको प्रतिक्रिया