काठमाडौं । साताको चाैथाे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से १०८.३५ अंकले बढेको छ । आज नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा रोकिएको हो ।
आज यता कारोबार भने घट्न पुगेको छ । आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ ।
२३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति २०८१ साउन २३ गते बुधबार ०४:१०