सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

Nepal Edit

@Nepaledit.com

२०८१ साउन १४ गते सोमबार ०७:३२

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो ।   यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट...

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो ।

 

यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जबराले जानकारी दिए ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०७:३२
हजुरको प्रतिक्रिया