काठमाडौं । साताको दाेस्राे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २०.४६ अंकले बढेको छ । आज नेप्से २०.४६ अंकले बढेर दुई हजार ६६१.०९ बिन्दुमा रोकिएको हो ।
१९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
सबैभन्दा बढी शिभम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ ।
प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०५:४०