५९.६८ अंकले बढ्यो नेप्से, तीन करोड ९९ लाखको कारोबार

५९.६८ अंकले बढ्यो नेप्से, तीन करोड ९९ लाखको कारोबार

Nepal Edit

@Nepaledit.com

२०८१ साउन ३ गते बिहिबार ०६:३९

काठमाडौं । साताको पाँचाै कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ५९.६८ अंकले बढेको छ । आज नेप्से ५९.६८अंकले बढेर दुई हजार ४२४.३२ बिन्दुमा रोकिएको हो ।   कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर १८ अर्ब ५४ करोड ८८ लाख ७३८ मा...

काठमाडौं । साताको पाँचाै कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ५९.६८ अंकले बढेको छ । आज नेप्से ५९.६८अंकले बढेर दुई हजार ४२४.३२ बिन्दुमा रोकिएको हो ।

 

कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर १८ अर्ब ५४ करोड ८८ लाख ७३८ मा कारोबार भयो ।

 

नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

 

यस्तै, कुमारी सबल योजना ५.७६, सिन्धु विकास बैँक ४.५७, गुहेश्वरी मर्चेन्ट ४.२२, एनसिसी डिवेञ्चर ३.९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाएकाे छ ।

प्रकाशित मिति २०८१ साउन ३ गते बिहिबार ०६:३९
हजुरको प्रतिक्रिया