सुनिल पौडेलविरुद्ध ७७ लाख बिगोसहित मुद्दा दायर

सुनिल पौडेलविरुद्ध ७७ लाख बिगोसहित मुद्दा दायर

Nepal Edit

@Nepaledit.com

२०८१ साउन २ गते बुधबार ०५:१४

काठमाडौं । राजस्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।​   नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको...

काठमाडौं । राजस्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।​

 

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको आरोपमा उनीविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।​

 

विभागले उनीविरुद्ध ७७ लाख ४५ हजार ९ सय बिगो कायम गरी त्यसको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय रुपैयाँ जरिवानाको मागदाबी गरेको छ ।

 

यसअघि पौडेल नेशनल पेमेन्ट गेट वेु खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति २०८१ साउन २ गते बुधबार ०५:१४
हजुरको प्रतिक्रिया