प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

Nepal Edit

@Nepaledit.com

२०८१ साउन २ गते बुधबार ०४:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।   सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।   गत असार ३०...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

 

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

 

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए ।

 

असार २८ प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा पेस गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । उनले ६३ मत मात्रै पाएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो ।

 

कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाको ७, जनमतको ६, जसपा नेपालको ५, लोसपा र नागरिक उन्मुक्तिको ४र४, दुई स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुई तिहाइ बढी मत हो ।

 

ओलीले दुई तिहाइ विश्वासको मतको लागि तयारी गरेका छन् ।

प्रकाशित मिति २०८१ साउन २ गते बुधबार ०४:५६
हजुरको प्रतिक्रिया