५४ अंकले बढ्याे नेप्से, १२ अर्ब ५ करोडकाे कारोबार

५४ अंकले बढ्याे नेप्से, १२ अर्ब ५ करोडकाे कारोबार

Nepal Edit

@Nepaledit.com

२०८१ साउन २ गते बुधबार ०४:४८

काठमाडौं । साताको चाैथाे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ५४.०४ अंकले बढेको छ । आज नेप्से ५४.०४ अंकले बढेर १ हजार ३६४.६३ बिन्दुमा रोकिएको हो ।   आज ३०६ कम्पनीको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिद-बिक्री...

काठमाडौं । साताको चाैथाे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से ५४.०४ अंकले बढेको छ । आज नेप्से ५४.०४ अंकले बढेर १ हजार ३६४.६३ बिन्दुमा रोकिएको हो ।

 

आज ३०६ कम्पनीको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिद-बिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

 

सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावरको ९.८, आरम्भ चौतारी लघुवित्तको ९.७, मल्टिपर्पस फाइनान्सको ८.९, साल्ट ट्रेडिङको ८.१ तथा आईसीएफसी फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति २०८१ साउन २ गते बुधबार ०४:४८
हजुरको प्रतिक्रिया