काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएकाे छ ।
पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीयकार्य सम्पादन समितिको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीले एकै पटक शपथ लिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता बताए ।
‘समावेशिता, प्रादेशिक सन्तुलन, योग्यता र क्षमता भएका व्यक्तिहरुलाई सरकारमा पठाउँछौँ’, उनले भने, ‘देशलाई गति दिने र सरकारको स्थिरता सुनिश्चित गर्नेगरी अन्य दललाई पनि जोडेर अघि बढ्छौँ।’
उनले प्रधानमन्त्रीले शपथ लिएपछि कसले कुन मन्त्रालय पाउने र को-को मन्त्री बन्ने टुंगो लाग्ने भन्दै अहिले आन्तरिक गृहकार्य भइरहेको बताए ।
प्रकाशित मिति २०८१ असार ३० गते शनिवार ०४:१८