प्रधानमन्त्री दाहाल पदमुक्त

प्रधानमन्त्री दाहाल पदमुक्त

Nepal Edit

@Nepaledit.com

२०८१ असार २९ गते शुक्रबार ०५:३०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधिसभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् ।   एमालेले समर्थन फिर्ता लिएपछि उनले संविधानको धारा १००...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधिसभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् ।

 

एमालेले समर्थन फिर्ता लिएपछि उनले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

 

दाहालको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ ।  मत दिन्न भन्नेमा १ मत परेको छ ।

 

आजको बैठकमा २५८ सांसदको उपस्थिति थियो ।

प्रकाशित मिति २०८१ असार २९ गते शुक्रबार ०५:३०
हजुरको प्रतिक्रिया