अध्यक्ष राईले भने- विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ

अध्यक्ष राईले भने- विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ

Nepal Edit

@Nepaledit.com

२०८१ असार २९ गते शुक्रबार ०४:१८

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन् ।   शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको...

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन् ।

 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको बारेमा उनले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका हुन् ।

 

अध्यक्ष राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने र अविश्वास विश्वासमा परिणत भइरहेको बताए । उनले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताए ।

 

उनले यसबाट कोही पनि निराश हुनु नपर्ने बताए । उनले पख्लास् र चाख्लास्को विषयवस्तु बनाउन नहुने बताए ।

 

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठुला दल मिलेर जाने कुरालाई समर्थन गरेको बताए ।

प्रकाशित मिति २०८१ असार २९ गते शुक्रबार ०४:१८
हजुरको प्रतिक्रिया