काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका हुन् ।
‘फाइल खोल्छु भनेको थिइस् खै फाइल खोलेको ? एक सांसदले भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ?’, उनले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा लामिछानेले सरकार के कारणले ढल्यो र कांग्रेस र एमालेबिचको सहमति के भयो भनेर ढाँट्ने काम भएको बताए ।
वर्तमान सरकार ढल्नुमा बच्चा-बच्चालाई जानकारी भएको उनले बताए । बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ ।
प्रकाशित मिति २०८१ असार २९ गते शुक्रबार ०४:०३