काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ पूरक आदेशमार्फत दुबै आयोगको म्याद २०८२ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले बताइन् ।
प्रकाशित मिति २०८१ असार २८ गते बिहिबार ०७:२३