‘भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ’

‘भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ’

Nepal Edit

@Nepaledit.com

२०८१ असार १८ गते सोमबार ०४:४६

काठमाडौं । गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेकाे बताएका छन् ।   सोमबार बसेकाे प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री...

काठमाडौं । गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेकाे बताएका छन् ।

 

सोमबार बसेकाे प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले कालखण्डमा भएका काण्डमध्ये २५ काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनकाे तयारी भइरहेकाे जनकारी दिए ।

 

‘भष्ट्राचारका घटनामा समेत राजनीतिक दाउपेच हुने विद्यमान प्रवृत्ति सच्याउन जरुरी छ’, गृहमन्त्री लामिछानेले भने, ‘कुनै पनि कालखण्डमा भएका काण्डमध्ये २५ काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ ।’

 

भष्ट्राचार नियन्त्रण गर्न आफू र सरकार इमानदाररुपमा प्रयासरत रहेको भन्दै उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् भष्ट्राचार निवारणका लागि नतिजामुखी प्रयास थालेको बताए । सरकारमा रहेका दलको न्यूनतम साझा संकल्पमा भष्ट्राचार निवारणका लागि कदम चाल्ने उनले जानकारी दिए ।

 

‘सरकारले न्यूनतम साझा संकल्पमा भष्ट्राचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयमा कुनै पनि कालखण्डमा भएका भष्ट्राचारको छानबिन गर्ने भनेको छ’, उनले भने, ‘भष्ट्राचारी एकदिन कानुनी कठघरामा आउँछन् भन्ने स्थापित गर्न जरुरी भइसकेको छ ।’

 

सांसद विद्या भट्टराईले गृहमन्त्री लामिछानेलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकारले कसरी काम गरिरहेको छ भनेर प्रश्न गरेकी थिइन् । जवाफमा गृहमन्त्रीले विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास अनुदान कार्यविधि, २०८१ तर्जुमा भई सहमतिका लागि अर्थमन्त्रालयमा पठाइएको बताए ।

 

सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राहदानीको विषय र विभिन्न सहकारीको रकम हिनामिनामा भइरहेको छानबिनबारे प्रश्न गरेका थिए । यसको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा विचाराधिन रहेकाले याे विषयमा आफू बोल्न उपयुक्त नहुने बताए ।

प्रकाशित मिति २०८१ असार १८ गते सोमबार ०४:४६
हजुरको प्रतिक्रिया