काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आज नेप्से ८.२४ अंकले घटेर २ हजार ५१.९२ बिन्दुमा रोकिएको हो ।
आज ३३३ कम्पनीको ५० हजार २८१ पटकको कारोबारमा ८९ लाख १ हजार १९५ कित्ता सेयर खरिद-बिक्री हुदाँ ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँकाे कारोबार भएको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५६ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले घटेको छ । १३ उपसमूहमध्ये १० वटा घटेको छ भने बैंकिङ, अन्य र म्चुअल फण्ड सामान्य बढेको छ ।
प्रकाशित मिति २०८१ असार १४ गते बिहिबार ०६:३०